सानिमा लाइफ इन्स्योरेन्सले वार्षिकोत्सवको अवसरमा सम्पन्न गर्यो रक्तदान कार्यक्रम

<p>काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चौथो वार्षिकोत्सव मनाएको छ । इन्स्योरेन्सले मंसिर २२ गते काठमाडौंको दरबारमार्गस्थित आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी चौथो वार्षिकोत्सम मनाएको हो । उक्त अवसरमा इन्स्योरेन्सले रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । सो कार्यक्रममा ७५ जनाभन्दा बढीको उपस्थिति थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष कुमार कोइराला, संचालक डा. सुबर्ण दास श्रेष्ठ, [&hellip;]</p>

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चौथो वार्षिकोत्सव मनाएको छ । इन्स्योरेन्सले मंसिर २२ गते काठमाडौंको दरबारमार्गस्थित आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी चौथो वार्षिकोत्सम मनाएको हो ।

उक्त अवसरमा इन्स्योरेन्सले रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । सो कार्यक्रममा ७५ जनाभन्दा बढीको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष कुमार कोइराला, संचालक डा. सुबर्ण दास श्रेष्ठ, संचालक बद्री विशाल घिमिरे, प्रमुख कार्यकारी अधिकृत अगम मुखिया लगायत कम्पनीको व्यवस्थापन समूह कर्मचारी तथा अभिकर्ताको उपस्थिति थियो ।

Share News