‘फण्डामेन्टलभन्दा बाहिर रहेर सेयर बजार चल्यो, बुझेर लगानी गरौं’

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा लगानी गर्नेहरुमा वित्तीय साक्षरताको कमि भएको बताएका छन् । बिहीबार अर्थसमितिमा भएको छलफलमा अधिकारीले सेयर बजारमा बुझेका भन्दा पनि नबुझेकाहरु बढी भएकोले यसले लगानीकर्तालाई जोखिम बढाएकाे बताएका हुन् । उनले सेयर लगानीकर्तालाई बुझेर मात्रै सेयर बजारमा लगानी गर्न पनि आग्रह गरेका छन् । यस्तै, उनले सेयर [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा लगानी गर्नेहरुमा वित्तीय साक्षरताको कमि भएको बताएका छन् । बिहीबार अर्थसमितिमा भएको छलफलमा अधिकारीले सेयर बजारमा बुझेका भन्दा पनि नबुझेकाहरु बढी भएकोले यसले लगानीकर्तालाई जोखिम बढाएकाे बताएका हुन् ।

उनले सेयर लगानीकर्तालाई बुझेर मात्रै सेयर बजारमा लगानी गर्न पनि आग्रह गरेका छन् । यस्तै, उनले सेयर बजार हेर्न निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरतामा पनि ध्यान दिनु पर्ने धारणा राखे ।

उनले फण्डामेन्टल बाहिर रहेर सेयर बजार चलेको पनि बताए छन् । ‘साना लगानीकर्ताहरुमा फण्डामेन्टल अध्ययन गरेर लगानी गर्ने चेत छैन, त्यसैले पनि जोखिम बढेको हो, साना लगानीकर्ताका लागि वित्तीय साक्षरताको आवश्यता छ,’ उनले भने ।

छलफलमा उनले नेपालमा आउने रेमिट्यान्स अनौपचारिक क्षेत्रबाट आउने गरेको पनि धारणा राखेका छन् । उनले सबैभन्दा बढी काेरिया र जापानबाट अनाैपचारिक रुपले रेमिट्यान्स आयात हुने बताए ।

उनका अनुसार काेरिया र जापानबाट आउने रेमिट्यान्सको ९/१० प्रतिशत मात्रै औपचारिक माध्यमबाट आउने गरेकाे छ ।

यस्तै, छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले अहिलेको अवस्थालाई त्यति धेरै समस्याको रुपमा लिनु नपर्ने धारणा राखे । उनले विगत तीन वर्षको ट्रेण्ड हेर्दा यस वर्षको सुरुमा व्यापक उछाल आएको बताए ।

‘नेप्से परिसूचक ११ सयबाट १३ सयबाट सिधै ३२ सय प्सलसम्म पुगको छ, राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितोमा ४/१२ करोड रुपैयाँको सीमा नराखेको भए झनै समस्या आउँथ्यो, यो स्वभाविक हो,’ उनले भने ।

उनले पनि लगानी गर्नेले कम्पनीको अवस्था हेरेर मात्रै लगानी गर्न पनि सुझाव दिए । ‘निर्माण सम्पन्न नभएका र ऋणमा चलेका कम्पनीहरुको सेयर मूल्यमा उछाल छ, राम्रो कम्पनीमा खासै चासो छैन, कमसेकम अध्ययन गर्ने बानी गर्नु पर्यो,’ उनले भने ।

यस्तै, छलफलमा सासंद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजारमा साना लगानीकर्तालाई जोखिम बढेको बताए ।

उनले ठूला लगानीकर्ताले साना लगानीकर्तालाई झुक्याउने खेल खेल्दा साना लगानीकर्ताको लगानी नै डुब्ने अवस्था र्सिजना भएकोले यो प्रवृतिको अन्त्य गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गराए ।

Share News