विवाह पञ्चमीमा जगदम्बाद्वारा भक्तजनको लागि निःशुल्क शिविर संचालन

<p>काठमाडौं । सांस्कृतिक नगरी जनकपुर धाममा आयोजित विवाह पञ्चमी महोत्सवमा जगदम्बा स्टिल अन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले निःशुल्क शिविरको आयोजना गरेको छ । विवाह पञ्चमीमा आएका भक्तजन तथा दर्शनार्थीहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यका साथ शिविरको आयोजना गरेको कम्पनीले जनाएको छ । उक्त शिविर मार्फत भक्तजन तथा दर्शनार्थीहरुका लागि निःशुल्क जलपानको व्यवस्था [&hellip;]</p>

काठमाडौं । सांस्कृतिक नगरी जनकपुर धाममा आयोजित विवाह पञ्चमी महोत्सवमा जगदम्बा स्टिल अन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले निःशुल्क शिविरको आयोजना गरेको छ ।

विवाह पञ्चमीमा आएका भक्तजन तथा दर्शनार्थीहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यका साथ शिविरको आयोजना गरेको कम्पनीले जनाएको छ । उक्त शिविर मार्फत भक्तजन तथा दर्शनार्थीहरुका लागि निःशुल्क जलपानको व्यवस्था गरिएको थियो ।

‘धार्मिक तथा सांस्कृतिकरुपमा विशेष महत्व बोकेको यस पर्वमा पाल्नु हुने समस्त भक्तजनहरुको निस्वार्थ सेवाका साथै सांस्कृतिक प्रबद्र्धनमा समेत तेवा पुर्याउने उद्देश्यका साथ हामी महोत्सवमा सहभागी भएका हौँ । यसरी हजारौँ मानिसको सेवा गर्न पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ’, कम्पनीका एक प्रतिनिधीले भने ।

माता जानकी र भगवान रामको स्वयंवर भएको खुशीयालीमा जनकपुर धाममा हरेक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ । नेपाल लगायत भारतका विभिन्न स्थानबाट यसमा हजारौँ श्रद्धालु भक्तजनहरु सहभागी हुने गर्छन् ।

Share News