काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सको पानीपोखरीमा केन्द्रीय कार्यालय भवनको शिलान्यास भएकाे छ ।
मङ्सिर २४ गते शुक्रबारका दिन बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उक्त भवनकाे शिलान्यास गरेका हुन् ।
उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलज्यू, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायतको उपस्थिति थियो ।