टिसिएलको नयाँ क्युलेड फोरके टिभी नेपाली बजारमा

<p>काठमाडौं । सिजीले टिसिएलको नयाँ क्युलेड फोरके टिभी सि७२८ मोडेल र फोरके युएचडी एआई टिभी पि७२५ मोडेल आफ्नो सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत ईओएल प्रालिले ईओएल प्रालिले उक्त टिभी सार्वजनिक गरेको हो । टिसिएल आइएचएसबाट प्रमाणीत विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड हो । टिसीएलको नयाँ क्युलेड फोरके टिभी सि७२८ मोडेल ५५ [&hellip;]</p>

काठमाडौं । सिजीले टिसिएलको नयाँ क्युलेड फोरके टिभी सि७२८ मोडेल र फोरके युएचडी एआई टिभी पि७२५ मोडेल आफ्नो सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत ईओएल प्रालिले ईओएल प्रालिले उक्त टिभी सार्वजनिक गरेको हो ।

टिसिएल आइएचएसबाट प्रमाणीत विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड हो । टिसीएलको नयाँ क्युलेड फोरके टिभी सि७२८ मोडेल ५५ र ६५ इन्चमा उपलब्ध छ भने फोरके युएचडी एआई टिभी पि७२५ मोडेल ७५ इन्चमा उपलब्ध छ ।

क्युलेड फोरके टिभीको क्वान्टम डट डिस्प्ले टेक्नोलोजीले रहेको छ । यो टिभीले उच्च गुणस्तरको अन्तरक्रियात्मक भिडियो गेमिङ र होम इन्टरटेन्मेन्ट चाहने ग्राहकहरुको लागि पनि विशेष आयाम थप्ने कम्पनीले जनाएके छ । यस टिभीमा १२०हर्ज एमइएमसि, उच्च रिफ्रेश रेट डाइनामिक कम्पेन्सेसन रहेको छ जसले दृश्यलाई अझ मज्जाको बनाउँदछ ।

यो टिभीमा उपलब्ध डल्बी भिजन आइक्यु फिचरले डाईनामिक मेटाडाटा र प्रकाश सेन्सर प्रयोग गरेर कोठाको प्रकाशको अवस्था अनुसार दृश्यको ब्राइटनेस र कन्ट्रयास्टलई समायोजन गरेर दृश्य अनुभबलाई अझ मनोरन्जनात्मक बनाउँदछ ।

यसमा स्मार्टफोनमा भएको कन्टेटहरु पनि राखेर चलाउन सकिन्छ र साथै यो टिभी भोईस कमाण्डबाट पनि चलाउन सकिन्छ । कम्पनीले यसमा ३ वर्षको वारेन्टी दिएको छ ।

सिजीको डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रविभवन, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन ।

Share News