टानको विवाद सहतमा, मनपरी चन्दा बाँडेको विषयमा अध्यक्ष र कोषाध्यक्षबीच आरोप प्रत्यारोप

<p>काठमाडौं, ११ साउन । पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासमा स्थापित टे«किङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)मा भित्रको विवाद वाहिर आएको छ । टानका अध्यक्ष चन्द्र रिजाल र कोषाध्यक्ष लिलाबल्लभ दाहालबीच सार्वजनिक मञ्चमा नै एकले अर्कोलाई बाघ र बाच्छोको संज्ञा दिएका छन् । पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले आयोजना गरेको ‘जाट–नेपाल फेस टू फेस’ कार्यक्रममा बोल्दै टानका [&hellip;]</p>

काठमाडौं, ११ साउन । पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासमा स्थापित टे«किङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)मा भित्रको विवाद वाहिर आएको छ । टानका अध्यक्ष चन्द्र रिजाल र कोषाध्यक्ष लिलाबल्लभ दाहालबीच सार्वजनिक मञ्चमा नै एकले अर्कोलाई बाघ र बाच्छोको संज्ञा दिएका छन् ।

Taan-bibadर्यटन पत्रकार संघ (जाट–नेपाल)ले आयोजना गरेको ‘जाट–नेपाल फेस टू फेस’ कार्यक्रममा बोल्दै टानका अध्यक्ष चन्द्र रिजालले वर्तमान कार्यसमितिले व्यवसायीको हित हुने कार्यक्रमहरु अगाडि बढाउन खोजे पनि कार्यसमिति दुई खेमामा विभाजित हुँदा झन् समस्या निम्तिएको स्विकार गरे । कार्यसमिति मार्फत बहुमतले पारित गरेका कार्यक्रममा समेत फरक मत राखि कोषाध्यक्षले बजेट निकासामा अवरोध गरेको बताए । कोषाध्यक्षका कै कारण टानका धेरै कार्यक्रमहरु बीचैमा अलपत्र परेको अध्यक्ष रिजालले बताए ।

उनले भने–‘कोषाध्यक्षले बिधिसम्मत भुक्तानी गर्नुपर्ने विषयहरुका चेकमा हस्ताक्षेर नगर्दा र हरेक कार्यक्रमहरुमा प्रतिपक्षीको जस्तो भूमिका निर्वाह गरिदिंदा टानले आफ्ना नियमित गतिविधि चलाउन सकेको छैन ।’ नियोजित रुपमा संस्थालाई संकटमा पार्ने काम भएकाले कोषाध्यक्ष दाहाललाई स्पष्टीकरण सोध्न कार्यसमिति बाध्य भएको उनको भनाई थियो ।

कार्यक्रममा टानका कोषाध्यक्ष लिलाबल्लभ दाहालले भने कार्यसमितिमा आफूलाई एक्लो पारी बाघले बाच्छोलाई लखेटेको झैं गरि लेखेटेको भन्दै आफूले पनि बाच्छोको सिंग चलाएको भन्ने जवाफ दिए । उनले टानलाई गलत बाटोमा जान नदिन र अनावश्यक चन्दा दिनबाट रोक्ने उदेश्यका साथ सबै चेकमा हस्ताक्षर नगरिएको स्पष्ट पारे । दाहालले प्रति प्रश्न गर्दै भने, ‘चेकमा हस्ताक्षेर नै नगरेको भए अहिलेसम्म टान कसरी चल्यो ?’ संस्थामा बिधिसम्मत काम गरिरहेको र आगामि दिनमा पनि बिधिसम्मत बाटोमा हिंड्न आफु तत्पर रहेको उनको भनाई थियो ।

त्यस्तै टानका महासचिव कर्ण लामाले पनि कोषाध्यक्षकै कारण टान गतिहीन बनेको आरोप लगाए । उनले कोषाध्यक्षले फोनै नउठाउने, महत्वपूर्ण भनेका बैठकहरुमा अनुपस्थित हुने, भित्र अर्कै कुरा गर्ने–बाहिर अर्कै कुरा गर्ने र संस्थालाई समय नै नदिने गरेको र यसरी संस्था नचल्ने बताए । उनले पनि बिधि नियम अन्तर्गत नै संस्थामा सबैले काम गर्नुपर्ने स्पष्ट पारे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र प्रसाद सापकोटाले टिम्स रकम निकासामा ठूलो आन्तरिक समस्याहरु देखिएको बताउँदै यसलाई तत्काल समाधान गर्नुपर्ने बताए । उनले टानको विवाद सतहमा छताछुल्ल हुनु दुःखद् भएको भन्दै समस्याको समाधानमा आफुहरुले सक्रिय भूमिका निर्वाह गरि विवादरहित टान बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

टानका पूर्व अध्यक्ष ज्योति अधिकारीले विवाद सतहमा पुग्नु राम्रो नहुने भन्दै आन्तरिक रुपमै समस्याको समाधान खोज्न कार्यसमितिलाई सुझाब दिए । टानमा जानेहरुले ईश्यू, क्वालिटी, इन्प्mास्टक्चचर आदि कुरामा बहस गर्ने भन्दै अध्यक्ष र कोषाध्यक्ष दुबैलाई संयमता अपनाउन र व्यवसायीक हितमा सहकार्य गर्न आग्रह गरे ।

टानका अर्का पूर्व अध्यक्ष दीपक महतले कार्यसमिति विधान सम्मत चल्नु पर्नेमा जोड दिए । कोषाध्यक्ष एक्लै छ भनेर पेल्न÷हेप्न नहुने, कर्मचारी माथि कसैले पनि फरक दृष्टी राख्न नहुनेमा उनको जोड थियो । उनले टान भित्रका विवादलाई सामाजिक संजालमा ल्याएर व्यवसाय कै बद्नामी गर्ने काम भएको भन्दै वर्तमान कार्यसमितिको आलोचना गरे ।

पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले आयोजना गरेको ‘जाट–नेपाल फेस टू फेस’ कार्यक्रममा टानका बहुसंख्यक सदस्य तथा निवर्तमान कार्यसमिति, टानका पूर्व अध्यक्षहरु र ट्रेकिङ व्यवसायीहरुले टान विवादलाई आपसी छलफलबाट समाधान गर्न सुझाव दिएका छन् । सहभागीहरुले टानका आन्तरिक समस्यालाई सञ्चारमाध्यममा ल्याएर नाङ्गो बनाउनु भन्दा आफैं–आफैं बीच चित्त नबुझेका विषयलाई गहन छलफल गरि पर्वतीय तथा पदयात्रा क्षेत्रको विकास र प्रबद्र्धनमा एक आग्रह गरेको छन् ।

Share News