काठमाडौं । नेचर सुपर मार्केटको तेश्रो शाखा बालकोटमा खुलेको छ । सोमबार एक सुर्यविनायक न.पा. वडा नं. ३ का अध्यक्ष शिवबरण खत्री एवं हास्य कलाकार दिपाश्री निरौलाले उक्त शाखाकाे उद्घाटन गरेका हुन् ।
गत वर्ष कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा जडिबुटीको नरेफाँटपछि यो शाखा सञ्चालनमा ल्याएको हो ।
सुपरमार्केटले काठमाडौं उपत्यकाको सबै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको छ ।
शाखा शुभारम्भको अवसरमा सुपरमार्केटले खाधान्न तथा ग्रोसरी सामानहरुमा ३ देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सञ्चालक समिति सदस्य तारामान धामीले जानकारी दिए । छुट अवधि १ महिनासम्म जारी रहनेछ ।