देशभर विशेष सांगीतिक अभियान गर्दै खुकुरी रम

<p>काठमाडौं । खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा देशभर विशेष सांगीतिक अभियान संचालन गर्ने भएको छ । कम्पनीले स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरुलाई पनि प्रदर्शनको मौका दिनेगरी देशका विभिन्न स्थानहरुमा विशेष सांगीतिक अभियान चलाउने भएको हो । पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरुमा नयाँ कलाकारहरुको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष [&hellip;]</p>

काठमाडौं । खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा देशभर विशेष सांगीतिक अभियान संचालन गर्ने भएको छ । कम्पनीले स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरुलाई पनि प्रदर्शनको मौका दिनेगरी देशका विभिन्न स्थानहरुमा विशेष सांगीतिक अभियान चलाउने भएको हो ।

पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरुमा नयाँ कलाकारहरुको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष सांगीतिक अभियान संचालन गर्न लागेको हो ।

खुकुरी रमले देशका विभिन्न जिल्लाका रेष्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्स लगायतका ठाउँहरुको छनौट गरी सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए ।

अभियान अन्तर्गत देशका विभिन्न ठाउँमा गएर आर्बिटरीसँग आवद्ध कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । आर्बिटरीले संगीतसँग सम्बन्धी देशैभर आयोजना हुने हालसम्मकै ठूलो अभियानको शुक्रबार९आज०बाट सुरु भएको छ ।

विशेष गरी युवाहरुमाझ परिचित र चर्चित आर्बिटरी ग्रुपसँग गीतसंगीतको प्रवद्र्धन र कलाकारहरुको उत्थानका लागि सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको लामिछानेले बताएका छन् ।

यस्तै, आर्बिटरीका संस्थापक वीपीन नकर्मीले संगीत र कलाकारहरुलाई सहयोग गर्ने हेतूले आर्बीटरी ग्रुपले पुनः खुकुरी रमसँग सहकार्य गर्न पाउँदा आफूहरु खुशी भएको बताए ।

Share News