नेशनल लाईफद्धारा वरिष्ठ अभिकर्ताहरु सम्मानित

<p>काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्सले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रम अन्तर्गत &#8216;चियरपर्सन क्लब सदस्य सम्मान&#8217; नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले सम्मान एवं चियरपर्सन क्लब [&hellip;]</p>

काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्सले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रम अन्तर्गत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले सम्मान एवं चियरपर्सन क्लब सदस्यता प्रदान गरेकी थिइन् ।

उक्त कार्यक्रममा देशभरबाट आ. व. २०७७/०७८ मा आफ्नो व्यक्तिगत व्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा व्यक्तिगत व्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतिय भएका थिए । यसैगरी अभिकर्ता सन्जालको आधारमा निलु पूर्वे प्रथम, रत्न बहादुर खत्री द्वितिय र टिका प्रसाद खरेल तृतिय भएका थिए  ।

Share News