प्राइम लाइफका सीईओ भट्टराईको तलब साढे १९ प्रतिशतले बढ्यो, वार्षिक कति कमाउँछन् ?

<p>काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले अघिल्लो वर्ष ८९ लाख ८८ हजार ३७४ रुपैयाँ बराबरको तलब सुविधा लिएका छन् । इन्स्योरेन्सले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार सीईओले भत्ता तथा अन्य सुविधासहित सो मात्राको तलब बुझेका हुन् । जुन अघिल्लो वर्षको तुलनामा १९.६१ प्रतिशतले बढी हो [&hellip;]</p>

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले अघिल्लो वर्ष ८९ लाख ८८ हजार ३७४ रुपैयाँ बराबरको तलब सुविधा लिएका छन् । इन्स्योरेन्सले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार सीईओले भत्ता तथा अन्य सुविधासहित सो मात्राको तलब बुझेका हुन् ।

जुन अघिल्लो वर्षको तुलनामा १९.६१ प्रतिशतले बढी हो । सीईओ भट्टराईले आर्थिक वर्ष २०७५/७६ मा विभिन्न सुविधासहित ७५ लाख १४ हजार ५०० रुपैयाँ बराबरको तलब लिएका थिए ।

कम्पनीका अनुसार सीईओ भट्टराईले ६० लाख ९७ हजार रुपैयाँ निश्चित वार्षिक तलब तथा भत्ता सेवा बुझिलिने गरेका छन् । यसको आधारमा उनको मासिक तलब तथा भत्ता ५ लाख रुपैयाँ बराबरको पर्न जान्छ । जुन अघिल्लो वर्षको तुलनामा बराबर हो ।

त्यस्तै, उनले एक वर्षमा १५ लाख ९७ हजार ९३८ रुपैयाँ बराबरको कर्मचारी बोनस पनि लिएका छन् । प्रचलित व्यवस्था अनुसार ३ लाख ९० हजार रुपैयाँ र ७ लाख २८ हजार रुपैयाँ प्रोत्साहन सुविधा (इन्सेन्टिभ) लिएका छन् । कम्पनीले अघिल्लो वर्ष कार्य सम्पादनमा आधारित पारिश्रमिक अन्तर्गत सीईओलाई कर्मचारी बोनस दिएको थिएन ।

त्यसैगरी, सीईओ भट्टराईले बीमा सम्बन्धी सुविधाहरु अन्तर्गत १ लाख ७५ हजार ४३६ रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा पाएका छन् । साथै, उनले यी सुविधासहित सवारी साधन सुविधा पनि पाएका इन्स्योरेन्सले जनाएको छ ।

उता उच्च व्यवस्थापनका पदाधिकारीले भने एक वर्षमा कूल ५ करोड ३७ लाख रुपैयाँ बराबरको तलब भत्ता पाएका छन् ।

सञ्चालकले कति बुझे ?

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ मा सञ्चालक समितिका सदस्यहरुलाई ६ लाख ५७ हजार रुपैयाँ बराबरको बैठक भक्ता उपलब्ध गराएको छ । सञ्चालक समितिको बैठकमा भाग लिए बापत अध्यक्षले प्रतिबैठक ८ हजार रुपैयाँ र सञ्चालकले ७ हजार रुपैयाँ भत्ता लिने छन् । र, कम्पनीले हाल सञ्चालकहरुलाई पारिश्रमिकको व्यवस्था भने गरेको छैन ।

Share News