नयाँ शोरुम उद्घाटन गर्दै टीभीएसले सार्वजनिक गर्यो ‘रेडर’ मोटरसाइकल

<p>अत्तरिया । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले अत्तरियामा नयाँ शोरुम उद्घाटन गरेको छ । कम्पनीले एक्स्क्ल्यूजिव थ्री एस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) सुविधा सम्पन्न नयाँ शोरुम बागेश्वोरी मल्टी मोटर्सको उद्घाटन गरेको हो । नयाँ शोरुमको उद्घाटनसँगै कम्पनीले टीभीएस रेडर पनि सार्वजनिक गरेको छ । कम्पनीले यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गतको अत्याधुनिक फिचर्स [&hellip;]</p>

अत्तरिया । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले अत्तरियामा नयाँ शोरुम उद्घाटन गरेको छ । कम्पनीले एक्स्क्ल्यूजिव थ्री एस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) सुविधा सम्पन्न नयाँ शोरुम बागेश्वोरी मल्टी मोटर्सको उद्घाटन गरेको हो ।

नयाँ शोरुमको उद्घाटनसँगै कम्पनीले टीभीएस रेडर पनि सार्वजनिक गरेको छ । कम्पनीले यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गतको अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । यो स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट-ईन-क्लास फिचर्सका साथै फर्स्ट-ईन-सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।

कार्यक्रममा बोल्दै बागेश्वोरी मल्टी मोटर्सका प्रबन्ध निर्देशक प्रेम साउदले भने, ‘ग्राहकले अत्याधिक रुचाएको ब्राण्ड, टीभीएसको थ्रीएस सुविधा सम्पन्न नयाँ शोरुम अत्तरियामा खोल्न पाउँदा हामी निकै हर्षित छौं । नयाँ शोरुमले टीभीएसका बाईक तथा स्कुटरको खरिदका साथै सर्भिसमा समेत ग्राहकलाई थप सहजता प्रदान गर्नेमा हामी आशावादी छौं ।’

शोरुम उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा कैलाली गोदावरीका उप-मेयर रत्ना कदायर, उद्योग बाणिज्य संघ-अत्तरियाका अध्यक्ष अशोक देवकोटा, वडा अध्यक्ष शर्मान्द भट्ट, अत्तरिया प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेल, अत्तरिया ट्राफिक प्रमुख बाम देव गौतम, टीभीएस मोटर्स कम्पनीका कन्ट्री हेड दीपक मक्कर, जगदम्बा मोटर्सका उप सभापति/निर्देशक दीपक कुमार अग्रवाल, जगदम्बा मोटर्सका बिक्री महाप्रबन्धक दीपक रौनियार को उपस्थिती रहेको थियो ।

Share News