बीमा समितिको सञ्चालकमा रिजाल नियुक्त

<p>काठमाडौं । बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । सरकारले उनलाई बीमितहरुको तर्फबाट समितिको सञ्चालकमा नियुक्त गरेको हो । समितिकाे सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ रहेका थिए । उनले पदबाट राजीनामा दिएपछि रिक्त रहेकाे पदमा  सरकारले रिजाललाई सञ्चालककाे रुपमा नियुक्त गरेकाे हाे । उनले अर्थमन्त्रालयबाट आफु नियुक्त भएको [&hellip;]</p>

काठमाडौं । बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । सरकारले उनलाई बीमितहरुको तर्फबाट समितिको सञ्चालकमा नियुक्त गरेको हो ।

समितिकाे सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ रहेका थिए । उनले पदबाट राजीनामा दिएपछि रिक्त रहेकाे पदमा  सरकारले रिजाललाई सञ्चालककाे रुपमा नियुक्त गरेकाे हाे ।

उनले अर्थमन्त्रालयबाट आफु नियुक्त भएको पत्र प्राप्त गरिसकेको जानकारी दिए ।

स्थायी घर दाङ भएका रिजालले अर्थशास्ज्ञमा स्नातकोत्तर गरेका छन् भने अध्यापन पेशामा पनि उनी आवद्द छन् ।  उनले बीमा क्षेत्रको समसामियक नीति निर्माण गर्न आफ्नो विशेष भूमीका र सक्रियता रहने पनि जानकारी दिए ।

Share News