गुराँस लाइफ इन्स्योरेन्सले दियाे काेराेना मृत्यु दावी भुक्तानी

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले इलाम शाखाले दुई बीमितको १२ लाख बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले इलाम नगरपालिका ९ का स्वर्गीय उमेश ढकाल र इलाम नगरपालिका ५ का स्वर्गीय फूर्वा तामाङ्गको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कोरोना संक्रमणको कारण उनीहरुको मृत्यु भएको थियो । इन्स्योरेन्स कम्पनीले ढकालको परिवारलाई ६ लाख ३० हजार [&hellip;]</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले इलाम शाखाले दुई बीमितको १२ लाख बराबरको मृत्यु दावी भुक्तानी गरेको छ ।

इन्स्योरेन्सले इलाम नगरपालिका ९ का स्वर्गीय उमेश ढकाल र इलाम नगरपालिका ५ का स्वर्गीय फूर्वा तामाङ्गको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कोरोना संक्रमणको कारण उनीहरुको मृत्यु भएको थियो ।

इन्स्योरेन्स कम्पनीले ढकालको परिवारलाई ६ लाख ३० हजार ५ सय र तामाङको परिवारलाई ५ लाख ८२ हजार रुपैंयाँको चेक हस्तान्तरण गरेको छ । हालसम्म इलाम शाखाले एक करोड २० लाख रुपैंयाँ भन्दा बढीको मृत्यु दाबी भुक्तानी गरिसकेको छ ।

 

Share News