लाइफ इन्स्योरेन्स कर्पोरेशनले बढायो लाभांश दर, बोनस र नगद कति ?

<p>काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको [&hellip;]</p>

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको उक्त लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

प्रस्तावित लाभांश कम्पनीले अघिल्लो आवको तुलनामा बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News