सेयर बजार एक महिनायताकै उच्च बिन्दुमा, बीमामा उछाल, २६ कम्पनीमा लाग्यो सर्किट

<p>काठमाडौं । पछिल्लो केही दिन यताको सेयर बजारमा दैनिक सुधार हुँदै आएको छ । आइतबारको सेयर बजारमा कारोबार रकम र नेप्से परिसूचक करिब एक महिना यताकै उच्च बिन्दुमा पुगेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७१.२० बिन्दुले बढेर २५९१.४२ बिन्दुसम्म पुगेको छ । जुन गत मंसिर १५ गते यताकै उच्च बिन्दु हो । सो दिनको [&hellip;]</p>

काठमाडौं । पछिल्लो केही दिन यताको सेयर बजारमा दैनिक सुधार हुँदै आएको छ । आइतबारको सेयर बजारमा कारोबार रकम र नेप्से परिसूचक करिब एक महिना यताकै उच्च बिन्दुमा पुगेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ७१.२० बिन्दुले बढेर २५९१.४२ बिन्दुसम्म पुगेको छ । जुन गत मंसिर १५ गते यताकै उच्च बिन्दु हो । सो दिनको परिसूचक २६३३.६६ बिन्दुमा थियो ।

आइतबारको बजारमा ५ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत मंसिर १२ गते यताकै उच्च हो । मंसिर १२ गतेको बजारमा भने ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजारमा कुल २३१ वटा स्क्रीप्टको धितोपत्र कारोबार भएको थियो । जसमा उच्च कारोबार गर्नेको शीर्ष ५ स्थानमा नबिल बैंक, नेपाल लाइफ इन्स्योरेनन्स, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट र एनटीसी रहेका छन् । जसमध्ये नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ३२ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । र, सेयर मूल्य पनि बढेर प्रतिकित्ता १५२४ रुपैयाँ पुगेको छ ।

आइतबार २६ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा अधिकांश कम्पनीहरु बीमा समूहका रहेका छन् । त्यस्तै, १५ वटा कम्पनीको सेयर कारोबार १० प्रतिशतले बढेर किनबेच भएको छ ।

आइतबारको कारोबारमा फाइनान्स र हाइड्रोपावर समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेको छ । उकालो लाग्नेमध्ये जीवन बीमा कम्पनी सबैभन्दा बढी अंक अर्थात १३०२.३१ अंकले बढेको छ । जुन अघिल्लो कारोबारको तुलनामा करिब १० प्रतिशतले बढी हो । त्यस्तै, निर्जीवन बीमा समूह ९०७ अंकले बढेको छ ।

एकाएक जीवन बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, अधिकांशको सेयर मूल्य बढ्यो

पछिल्लो समय बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सञ्चालित बीमा कम्पनीहरुको पुँजी बढाउन आवश्यक देखेसँगै दोश्रो बजारमा यी क्षेत्रका कम्पनीको सेयर मूल्यमा उछाल आएको हो । साथै, वाणिज्य बैंकहरुले लाभांश घोषणाको लहर सकाएसँगै लगानीकर्ताहरु लाभांश घोषणा गर्न बाँकी रहेका बीमा कम्पनीहरुमा झुम्मिएको बुझिन्छ ।

दोहोरो अंकले बढेको बजारमा भने गोर्खाज फाइनान्सको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ । संस्थाको सेयर मूल्य ५.५७ प्रतिशत अर्थात ४७ रुपैयाँले घटेर प्रतिकित्ता ७९७ रुपैयाँमा झरेको छ ।

Share News