सूर्या लाइफ इन्स्योरेन्स बन्यो बीमा समितिको निर्देशन मान्ने पहिलो जीवन बीमा कम्पनी

<p>काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी नियमनकारी नियका बीमा समितिको निर्देशन पालना गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ । कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साईन बोर्डमा बीमा समितिको “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालन गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको हो । इन्स्योरेन्स नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान [&hellip;]</p>

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी नियमनकारी नियका बीमा समितिको निर्देशन पालना गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ । कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साईन बोर्डमा बीमा समितिको “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालन गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको हो ।

इन्स्योरेन्स नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ अगाडी बढिरहेको छ ।

बीमा समितिको मंसिर २ को पत्रबाट प्रत्येक बीमकले आफ्नो केन्द्रीयरप्रदेशिक कार्यालय लगायत सम्पूर्ण शाखा उपशाखाहरुमा साइन बोर्डमा २०७८ मंसिर मसान्तभित्र अनिवार्यरुपमा “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश राख्न निर्देशन दिएको थियो ।

र, सोही निर्देशन बमोजिम निर्धारित अवधि भित्रै सूर्या लाइफ इन्स्योरेन्सले आफ्नो कर्पोरेट कार्यालयको साथै सबै शाखा कार्यालयहरुमा निर्देशन बमोजिम “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश सहितको नाम पेटिका राखेको छ ।

Share News