‘उद्योगीले सरकारबाट छुट लिन्छन्, उपभोक्तालाई मूल्य घटाउँदैनन्’

<p>काठमाडौं । सरकारबाट भन्सार तथा अन्तः शुल्क छुट पाएका स्पञ्ज उद्योगी व्यवसायीले उपभोक्ताहरुलाई भने नदिने गरेको गुनासो आएको छ । आइरनको आयात गर्ने उद्योगी तथा व्यवसायीले सरकारबाट विभिन्न छुट तथा सहुलियत लिए पनि उपभोक्तालाई भने मूल्य नघटाएको गुनासो आएको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै [&hellip;]</p>

काठमाडौं । सरकारबाट भन्सार तथा अन्तः शुल्क छुट पाएका स्पञ्ज उद्योगी व्यवसायीले उपभोक्ताहरुलाई भने नदिने गरेको गुनासो आएको छ । आइरनको आयात गर्ने उद्योगी तथा व्यवसायीले सरकारबाट विभिन्न छुट तथा सहुलियत लिए पनि उपभोक्तालाई भने मूल्य नघटाएको गुनासो आएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार दर तथा अन्तः शुल्क शून्य गर्ने व्यवस्था गरेका थिए ।

अर्थमन्त्रीले बजेटख मार्फत नै उद्योगीहरुले छुट दिए पनि खुद्रा व्यवसायी तथा उपभोक्ताहरुले सो छुटको लाभ नपाएको बताएका छन् ।

‘सरकारले दिएको छुट अनुसार स्पञ्ज आइरनबाट उत्पादन गरिएको छडको (रड) मूल्य घट्नुपर्ने हो, तर, बजेट आएको भोलीपल्टैबाट व्यवसायीले मूल्य बढाउन थाले’, एक रड बिक्री गर्ने व्यवसायीले भने, ‘सरकारबाट छुट लिएर दिनदिनै मूल्य बढाए ।

उनका अनुसार उद्योगी व्यवसायीको मनोपली बढ्दा उपभोक्ता मर्कामा परेका छन् । यसअघि यस्तो आइरन आयातमा ५ प्रतिशत भन्सार लाग्दै आएको थियो । सरकारले यो दरलाई शुन्यमा झारेको छ ।

सरकारबाट भन्सार तथा अन्तःशुल्क दस्तुरमा छुट लिएका स्पञ्ज आइरन व्यवसायीले रडको मूल्य घटाउनुपर्ने थियो । तर, उनीहरुले मूल्य नघटाई बिलेट उद्योगी सरह रड बिक्री वितरण गर्दै आएका छन् ।

ग्रिल तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले पनि उद्योगीले मूल्य नघटाएको बताए । यसले गर्दा उपभोक्तालाई मर्का परेको उनको भनाई छ ।

‘केही समय अगाडि उनीहरुले दैनिक रडको मूल्य बढाउँदै आएका थिए, हामीले विरोध गरेपछि मासिक रुपमा मूल्य बढाउने गरेका छन्, छुट लिएर मूल्य बढ्दा पनि सरकारले केही गर्न सकेन,’ उनले भने ।

उनले नियामक निकायकोे रुपमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नहुँदा व्यवसायीहरुमा मनोपली बढ्दै गएको बताए ।

निर्माण सामग्री व्यापार संघका प्रतिनिधिले रड उद्योगीले अन्तर्राष्ट्रिय रुपमा १० प्रतिशत मूल्य बढ्दा नेपालका उद्योगीले २५ प्रतिशतसम्म मूल्य बढाउने गरेको दाबी गरे ।

Share News