सूर्या लाइफद्वारा साढे २० लाखकाे मृत्यु दावी भुक्तानी

<p>काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्सले  २० लाख ४८ हजारकाे मृत्यु दावी भुक्तानी गरेकाे छ । कम्पनीले पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्ण बहादुर थापाको मृत्यु दावी भुक्तानी गरेकाे  हाे । कम्पनीले मृतकका बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमाङ्क वापतको १० लाख, दुर्घटना सुविधा वापत १० लाख र बोनस बापत ४८ [&hellip;]</p>

काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्सले  २० लाख ४८ हजारकाे मृत्यु दावी भुक्तानी गरेकाे छ । कम्पनीले पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्ण बहादुर थापाको मृत्यु दावी भुक्तानी गरेकाे  हाे ।

कम्पनीले मृतकका बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमाङ्क वापतको १० लाख, दुर्घटना सुविधा वापत १० लाख र बोनस बापत ४८ हजार थप गरी एकमुष्ठ २० लाख ४८ हजार बीमितले इच्छाएको व्यक्तिलाई हस्तानतरण गरेकाे हाे ।

बीमित थापाले १० लाख बीमाङ्कको बीमा लिएको ६ मिहिना नबित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो ।

 

 

Share News