एशियन लाइफको लाभांश स्वीकृत

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नियामक निकाय बीमा समितिले इन्स्योरेन्सको २७ प्रतिशत लाभांश प्रस्तावलाई स्वीकृत गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो । जसलाई बीमा समितिले पुस २५ गते [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नियामक निकाय बीमा समितिले इन्स्योरेन्सको २७ प्रतिशत लाभांश प्रस्तावलाई स्वीकृत गरेको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो । जसलाई बीमा समितिले पुस २५ गते स्वीकृति दिएको हो । अब इन्स्योरेन्सको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्कत लाभांश पाउने छन् ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ छ । २५ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ नाघ्ने छ ।

Share News