एशियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, तोक्यो बुक क्लोज मिति

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आगामी माघ २१ गते वार्षिक साधारणसभा गर्ने भएको छ । पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन आफ्नो १३औं साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभामा जान कम्पनीले आगामी माघ १२ गते बुक क्लोज गर्दै छ । यससँगै माघ ११ गतेसम्म कायम सेयरधनीले इन्स्योरेन्सको प्रस्तावित लाभांश [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आगामी माघ २१ गते वार्षिक साधारणसभा गर्ने भएको छ । पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन आफ्नो १३औं साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभामा जान कम्पनीले आगामी माघ १२ गते बुक क्लोज गर्दै छ । यससँगै माघ ११ गतेसम्म कायम सेयरधनीले इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने छन् ।

सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, सभाले इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्न स्वीकृति लिन सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

Share News