थ्रीजी भन्दा १० गुणा छिटो हुन्छ फोरजी सेवा, यी हुन् फोरजी नेटवर्कको सुबिधा भएका मोबाइल

<p>काठमाडौं, १६ साउन । सरकारले चौथो पुस्ताको फोरजी सेवा सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । त्यसका लागि नेपाल टेलिकम र एनसेल प्रालीले दरखास्त समेत दिईसकेका छन् । नेपालमा सूचना प्रबिधीको क्षेत्रमा नयाँ आयाम बनाउने भनिएकोे फोरजी सेवालाई थ्रीजीको विकसित रुप मानिन्छ । एलटीई अर्थात लङ टर्म इभोल्युसनका रुपमा समेत अथ्र्याइने फोरजी प्रबिधीमा थ्रिजी भन्दा १० [&hellip;]</p>

4g_lte.jकाठमाडौं, १६ साउन । सरकारले चौथो पुस्ताको फोरजी सेवा सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । त्यसका लागि नेपाल टेलिकम र एनसेल प्रालीले दरखास्त समेत दिईसकेका छन् । नेपालमा सूचना प्रबिधीको क्षेत्रमा नयाँ आयाम बनाउने भनिएकोे फोरजी सेवालाई थ्रीजीको विकसित रुप मानिन्छ । एलटीई अर्थात लङ टर्म इभोल्युसनका रुपमा समेत अथ्र्याइने फोरजी प्रबिधीमा थ्रिजी भन्दा १० गुणा छिटो इन्टरनेट चलाउन सकिन्छ ।

टेलियोसेनोरा नै थियो पहिलो फोरजी सेवा प्रदायक
एनसेल कम्पनी बेचेर नेपालको टेलिकम्युनिकेशन मार्केटबाट बाहिरिएको स्विडेनको टेलियोसोनेरा कम्पनी नै संसारमा पहिलो पटक फोरजी सेवा सुरु गर्ने सेवा प्रदायक थियो । फाइनान्सियल टाईम्सका अनुसार स्विडेनको टेलियोसोनेरा कम्पनीले स्विडेनको स्टकहोम र ओस्लो शहरका लागि सन २००९ डिसेम्बर १४ तारिखका दिन फोरजी सेवाको आरम्भ गरेको थियो ।

टेलियोसोनेराले इरिक्सन र हुवावे मोबाइल कम्पनीलाई फोरजी सुबिधा सहितको मोबाइल बनाउने जिम्मेवारी दिएको थियो । कम्पनीले अमेरिकाको भेरिजोन र जापानको एनटीटी डोकोमोलाई पनि परिक्षणका लागि सघाएको थियो ।
टेलियोसोनोराले सुरुमा कम्प्युटरहरुमा मात्रै फोरजी सेवा सञ्चालन गरेको थियो किनकी त्यतिञ्जेल फोरजी नेटवर्क भएका मोबाइल निर्माण भैसकेका थिएन् ।

यी हुन् फोरजी सुबिधा भएका मोबाइलहरु
एप्पलः एप्पलको आइफोन ५, आइफोन ५ एस, आइफोन ६, आइफोन ६ एस, आइफोन ५ सी, आइफोन ६ प्लस, आइफोन एसईमा फोरजी नेटवर्कको सुबिधा छ ।

 

apple_4g


सामसङः
सामसङको के जुम, सामसङ जेड, सामसङ ग्यालेक्सी जे७, सामसङ ग्यालेक्सी जे२, सामसङ ग्यालेक्सी जे५, सामसङ ग्यालेक्सी एस७ एज, सामसङ ग्यालेक्सी जे१(२०१६), सामसङ ग्यालेक्सी जे७(२०१६) लगायतका मोबाइलमा फोरजी नेटवर्क उपलब्ध छन् ।

 

samsung_4g

हुवावेः हुवावेका ओनर७, ओनर ६, हुवावे एसेन्ड जी७, हुवावे एसेन्ड मेट७, हुवावे ओनर होली२ प्लस, हुवावे एसेन्ड पी७, हुवावे एसेन्ड मेट२, हुवावे ओनर ६ प्लस लगायतका मोबाइलमा फोरजी नेटवर्कको सुबिधा रहेको छ ।
huawei_4g

एलजीः एलजीका एलजी जी४, एलजी क्लास, एलजी जिरो, एलजी के३, एलजी एक्स५, एलजी जी५, एलजी ल्युसिड३, एलजी जीएक्स, एलजी जी२, एलजी के४ लगायतका मोबाइलमा फोरजी नेटवर्कको सुबिधा छ ।

lg_4g

 

माइक्रोम्याक्सः माइक्रोम्याक्स क्यानभास६, माइक्रोम्याक्स क्यानभास६ प्रो, क्यानभास मेगा ४जी, माइक्रोम्याक्स बोल्ट सेल्फी, माइक्रोम्याक्स युनाइट ४ प्रो लगायका मोबाइलमा फोरजी नेटवर्कको सुबिधा छन् ।

micromax_4g

पानासोनिकः पानासोनिक इलुगा नोट, पानासोनिक इलुगा आई३, पानासोनिक इलुगा आई२, पानासोनिक इलुगा एल२, पानासोनिक इलुगा आइकोन लगायतका मोबाइलमा फोरजी नेटवर्कको सुबिधा प्राप्त छन् ।

panasonic_4g

Share News