‘खल्ती’बाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्मकाे क्यासब्याक

<p>काठमाडौं । अब &#8216;खल्ती’ डिजिटल वालेटमार्फत ज्योति लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम  तिर्दा प्रयोगकर्ताहरुले क्यासब्याक पाउने भएका छन् । खल्तीमार्फत ज्योति लाइफको बीमा प्रिमियम तिर्दा ग्राहकले १ हजारसम्मका क्यासब्याक पाउने भएका हुन् । यसका साथै उनीहरुले ५ हजारसम्मकाे खल्ती पाइन्ट्स र पहिलाे भुक्तानीमा INSURE 100 प्रयाेग गरी १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । कोरोनाभाइरस महामारीको समयमा लामो [&hellip;]</p>

काठमाडौं । अब ‘खल्ती’ डिजिटल वालेटमार्फत ज्योति लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम  तिर्दा प्रयोगकर्ताहरुले क्यासब्याक पाउने भएका छन् । खल्तीमार्फत ज्योति लाइफको बीमा प्रिमियम तिर्दा ग्राहकले १ हजारसम्मका क्यासब्याक पाउने भएका हुन् ।

यसका साथै उनीहरुले ५ हजारसम्मकाे खल्ती पाइन्ट्स र पहिलाे भुक्तानीमा INSURE 100 प्रयाेग गरी १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

कोरोनाभाइरस महामारीको समयमा लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको खल्तीले जनाएको छ ।

५ हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ ।

Share News