सिटिजन लाइफ इन्स्योरेन्सकाे ‘सिटिजन खबर’ जर्नल प्रकाशित

<p>काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले &#8216;सिटिजन खबर&#8217; नामक जर्नल प्रकाशित गरेको छ । कम्पनीले कार्तिक २ गते आफ्नो चार वर्षे यात्रा सम्पन्न गरेसँगै सो अवधिसम्मका समीक्षा स्वरुप जर्नल सिटिजन खबर सार्वजनिक गरेकाे हाे । कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथ मणी खड्का, नायव [&hellip;]</p>

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन खबर’ नामक जर्नल प्रकाशित गरेको छ । कम्पनीले कार्तिक २ गते आफ्नो चार वर्षे यात्रा सम्पन्न गरेसँगै सो अवधिसम्मका समीक्षा स्वरुप जर्नल सिटिजन खबर सार्वजनिक गरेकाे हाे ।

कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथ मणी खड्का, नायव महाप्रबन्धक दिप बहादुर बि. सी. साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले संयुक्त रुपमा उक्त जर्नलक प्रकाशित गरेका थिए ।

जर्नलमा बीमाको सचेतना तथा सु–समाचार सहित कम्पनीका विगतका सम्झनाका साथै कम्पनीका व्यवसायिक उपलब्धीहरु, प्रगति विवरणहरु, विभिन्न क्रियाकलापहरु, साथै सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको कम्पनीले जानकारी दिएकाे छ ।

जर्नलको प्रिन्ट प्रतिलिपि कम्पनीको प्रमुख कार्यालय लगायत विभिन्न शाखा कार्यालयहरुमा र डिजिटल प्रतिलिपी कम्पनीको वेबसाईटमा उपलब्ध रहेकाे कम्पनीले जानकारी दिएकाे छ ।

 

Share News