
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीमा बीमा गराएका व्यक्तिको असामयिक निधनभएपछि बीमा बापतको भुक्तानी प्रदान गरेको छ ।
कम्पनीले बिमित मनिता अधिकारी दबाडीको निधन भएपछि उनका श्रीमान रामशरण अधिकारीलाई बिमांक र बोनससहितको रकम भुक्तानी गरेको हो । मनिताले ५ लाख रुपैयाँ बिमांकको जीवन सहारा पोलिसी लिएकी थिइन् ।
पाँच लाख रुपैयाँ बिमांक बराबरको बीमा गराएको भएपनि बोनस सहित ५ लाख ९२ हजार ८५ रुपैयाँ प्रदान गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर दिवाकर खड्काले जानकारी दिए । बिमित मनिता अधिकारीको गत कात्तिक ६ गते निधन भएपछि उनका श्रीमानलाई गत पुस २६ गते रकम भुक्तानी गरिएको थियो ।