बोनसपछि एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०५७.६० रुपैयाँलाई आधार मानेर शुरु हुने छ । यसअघि अर्थात माघ ११ गते इन्स्योरेन्सको [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०५७.६० रुपैयाँलाई आधार मानेर शुरु हुने छ । यसअघि अर्थात माघ ११ गते इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता १३२२ रुपैयाँमा भएको थियो ।

Share News