नेशनल लाईफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, चुक्ता पुँजी ४ अर्ब नाघ्ने

<p>काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव माघ १२ गते [&hellip;]</p>

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव माघ १२ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले गरेको हो ।

प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ । १९ प्रतिशत बोनस पारित पछि इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ नाघ्ने छ ।

तीन वर्षयताकै उच्च लाभांश

प्रस्तावित २० प्रतिशत लाभांश अघिल्लो तीन वर्षयताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सो मात्राको लाभांश वितरण गरेको थिएन । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २६.३२ प्रतिशत (२५ प्रतिशत बोनस) लाभांश वितरण गरेको इन्स्योरेन्सले त्यसपछि क्रमशः १३.५, १४.५ र १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News