सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको १० लाख रकम भुक्तानी

<p>काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख बराबरको घातक रोगविरुद्धको दावी रकम हस्तानतरण गरेकाे छ । कम्पनीले इस्मा गाउँपालिका वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई उक्त रकम हस्तान्तरण गरेको हाे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले खत्रीलाई उक्त चेक हस्तान्तरण गरेका थिए । खत्रीले १० लाख बीमाङ्कको बीमालेख लिएको १ वर्ष बिते [&hellip;]</p>

काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख बराबरको घातक रोगविरुद्धको दावी रकम हस्तानतरण गरेकाे छ । कम्पनीले इस्मा गाउँपालिका वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई उक्त रकम हस्तान्तरण गरेको हाे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले खत्रीलाई उक्त चेक हस्तान्तरण गरेका थिए ।

खत्रीले १० लाख बीमाङ्कको बीमालेख लिएको १ वर्ष बिते लगत्तै मृगौला फेल भएकाे कारण उनलाई बीमाशूल्क रकममा थप १६९० रुपैयाँ भुक्तान गरी कम्पनीले घातक रोग बापतको बीमाङ्क १० लाख खत्रीलाई हस्तान्तरण गरेको जनाएकाे छ ।

कम्पनीकाे अनुसार उक्त दावी पश्चात पनि उनको पोलिसीमा घातक रोग बाहेको सम्पूर्ण सुविधा यथावत रहि नरन्तर रहने छ ।

 

Share News