सोमबार नेप्से परिसूचक १७ अंकले घट्यो, होटल बाहेक सबै समूह ओर्लिए

<p>काठमाडौं, १७ साउन । सेयर बजारमा नेप्से परिसूचक १७ दशमलब ३५ अंकले घटेर १८४५ दशमलब ४१ अंकमा पुगेको छ । सोमबार १४० कम्पनीको २६ करोड ५८ लाख कित्ता सेयर करिब एक अर्ब ८४ करोड २६ लाख रुपैयाँमा किनबेच भएको छ । सोमबार होटल समूहको परिसूचक बाहेक अन्य बाकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा [&hellip;]</p>

काठमाडौं, १७ साउन । सेयर बजारमा नेप्से परिसूचक १७ दशमलब ३५ अंकले घटेर १८४५ दशमलब ४१ अंकमा पुगेको छ । सोमबार १४० कम्पनीको २६ करोड ५८ लाख कित्ता सेयर करिब एक अर्ब ८४ करोड २६ लाख रुपैयाँमा किनबेच भएको छ ।

nepse_chartसोमबार होटल समूहको परिसूचक बाहेक अन्य बाकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६४ अंकले ओरालो लागेको छ । त्यस्तै उत्पादनमूलक, विकास बैंक, हाइड्रोपावर र बैंकिङ् समूहको परिसूचक क्रमशः ४२, ३२, २५ र १६ अंकले तल झरेका छन् । होटल समूहको परिसूचक ४० अंकले उकालो लागेको हो ।

सो दिन नबिल बैंक लि. प्रमोटर सेयरको सबैभन्दा बढी करिब २७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंक र प्राइम कमर्सियल बैंकको करिब १० करोड बढीको सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी काबेली विकास बैंकको सेयर मूल्य करिब ९ प्रतिशतले घटेको छ । सोही दिन करिब १० प्रतिशत कमाउनेमा लक्ष्मी भ्यालु फन्ड, माउन्ट  मकालु डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्सका लगानीकर्ताहरु रहेका छन् ।

Share News