कम्पनीहरु प्रति आक्रामक बन्दै बीमा समिति

<p>काठमाडौं । पछिल्लो समय बीमा समिति बीमा कम्पनीहरु प्रति आक्रामक बन्दै छ । स्वदेशी कम्पनीमै अनिवार्य पुनर्बीमा गराउनु पर्ने निर्देशन, नयाँ कम्पनीलाई लाइसेन्स दिने समितिका अध्यक्षकाे अभिव्यक्तिप्रति बीमा कम्पनीहरुले असन्तुष्ट जनाउँदै गर्दा समितिले भने कम्पनीहरूमाथिकाे अनुगमन र कारवाहीलाई तिब्रता दिएकाे हाे । पछिल्लाे समय बीमा समितिले कम्पनीहरुको स्थलगत निरीक्षणमा जाेड दिएकाे छ ।  र, समितिबाट जारी [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय बीमा समिति बीमा कम्पनीहरु प्रति आक्रामक बन्दै छ । स्वदेशी कम्पनीमै अनिवार्य पुनर्बीमा गराउनु पर्ने निर्देशन, नयाँ कम्पनीलाई लाइसेन्स दिने समितिका अध्यक्षकाे अभिव्यक्तिप्रति बीमा कम्पनीहरुले असन्तुष्ट जनाउँदै गर्दा समितिले भने कम्पनीहरूमाथिकाे अनुगमन र कारवाहीलाई तिब्रता दिएकाे हाे ।

पछिल्लाे समय बीमा समितिले कम्पनीहरुको स्थलगत निरीक्षणमा जाेड दिएकाे छ ।  र, समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका उल्लङ्गन गर्ने कम्पनीहरुलाई धमाधम कारवाही थालेकाे छ ।

पछिल्लो गत एक सातामा समितिले दुई कम्पनीलाई कारवाही गरिसकेको छ । समितिले सुशासन सम्बन्धी निर्देशिका पालना नगरेका दुई जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सलाई नगद जरिवानासहितको कारवाही गरेको हो ।

जसमध्ये समितिले गत माघ १४ गते नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपैयाँ बराबरको जरीवाना गरेको छ । इन्स्योरेन्सले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम दुई वटा व्यवस्था उल्लङ्घन गरेको भन्दै इन्स्योरेन्सलाई प्रतिव्यवस्था १० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको हो ।

अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गरेको भन्दै इन्स्योरेन्सलाई १० हजार रुपैयाँ बराबरको नगद जरीवाना गर्ने निर्णय गरेको हो । त्यस्तै, एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन भन्ने व्यवस्थालाई उल्लङ्घन गरेको भन्दै १० हजार रुपैयाँ बराबरको जरीवाना गरिएको छ ।

नेपाल लाइफले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा परेको थियो । त्यसपछि समितिले त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन/विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएकोले इन्स्योरेन्सलाई कारवाही गरिएको हो ।

यसैगरी, उक्त सुशासन सम्बन्धी निर्देशिकामा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफका विभिन्न १४ वटा समिति/उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति/उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले १० हजार रुपैयाँ जरीवाना लगाएको हो ।

त्यसको लगत्तै प्राइम लाइफ इन्स्योरेन्सलाई पनि १० हजार रुपैयाँ बराबरको नगद जरिवाना गरिएको छ । समितिले माघ १६ गते एक सूचना गर्दै इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित काम गरेका भन्दै प्राइम लाइफलाई जरिवाना गर्ने निर्णय गरेको हो । समितिका अनुसार प्राइम लाइफले नक्कली बीमालेख जारी गरेको, अव्यवस्थित रुपले वैदेशिक रोजगार बीमा गरेको र तलब भत्ता निर्धारण नै नगरी कर्मचारीको नाममा ठूलो रकम खर्च गरेको पाइएकोले कारवाही गरिएको हो ।

यी दुई कम्पनीमात्रै नभई नियम उल्लंघन गर्ने अन्य कम्पनीलाई पनि कारवाही गर्ने चरणमा समिति छ । बीमा समितिले पहिलो चरणमा कम्पनीहरुका गल्ती कमजोरी औल्याई, सुधारको लागि सुझाव र निर्देशन दिएको र दोस्रो चरणमा सुधार नगर्ने माथि कारवाही थालेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । ‘म कुनै पनि कम्पनीलाई छोड्ने वाला छैन, गलत गर्नेहरु कारवाहीमा पर्छन्, जुनसुकै शक्ति लगाएर रोक्न खोजे पनि गलत गर्नेहरु कारवाहीमा पर्छन्’, उनले विकासन्युजसँग भने ।

हाल समितिले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा १ बमोजिम दुई कम्पनीलाई जरिवाना गरेको हो । समिति नियम विपरित व्यवसाय गर्दै आएका कम्पनीहरुलाई कडा भन्दा कडा कारवाही गर्न चाहन्छ । तर, यसको लागि ऐन बाधक बनेको छ । किनकी बीमा ऐनमा कुनै पनि कम्पनीलाई १० हजार रुपैयाँभन्दा माथिको कारवाही गर्न नपाउने व्यवस्था उल्लेख छ ।

सम्बन्धित समाचारः

बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने

४ अर्ब पुनर्बीमा कमिसनमा प्रतिस्पर्धा, विदेशी मुद्रा जोगाउने तर्क गफ मात्र

‘हकप्रद जारी गर्नुस् कि बोनस सेयर दिनुस्, चुक्ता पुँजी साढे २ अर्ब हुनै पर्छ’

Share News