आईएमई जनरलको ४० प्रतिशत हकप्रदः कहिलेसम्मका सेयरधनीले पाउँछन् ?

<p>काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी फागुन १ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्न उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै बुक क्लोजको अघिल्लो दिनसम्म अर्थात माघ २८ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रदमा आवेदन दिनसक्ने छन् । इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ दरका [&hellip;]</p>

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी फागुन १ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्न उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यससँगै बुक क्लोजको अघिल्लो दिनसम्म अर्थात माघ २८ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रदमा आवेदन दिनसक्ने छन् ।

इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ दरका ४६ लाख ३० हजार ३४४ कित्ता अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ छ । हकप्रदपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ६२ करोड ५ लाख रुपैयाँ पुग्ने छ ।

नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न लागेको हो । गत भदौ १७ गते बोर्डसँग स्वीकृति मागेको आईएमई जनरल इन्स्योरेन्सले करिब ५ महिनापछि हकप्रदको लागि स्वीकृति पाएको हो ।

Share News