नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

माघ २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । प्रस्तावित १४ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ नाघ्ने छ ।

Share News