काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेपलाञ्चोका बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको ५ लाख हस्तान्तरण गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उनलाई चेक हस्तानतरण गरेका हुन् । परियारलाई बीमालेख लिएको १ वर्ष नबित्दै क्यान्सर भएको थियो ।
कम्पनीले आ.व. २०७८/७९ को पुष मसान्त सम्ममा ५७४ पोलिसीको कुल ३२ कराेड २७ लाख ९६ हजार १०५ रुपैयाँ भुक्तानी गरिसकेकाे छ ।