सेयरधनीको बैंक खातामै नगद लाभांश योजना, पाँच महिनासम्म भएन कार्यान्वयन

<p>काठमाडौं, १८ साउन । नेपाल धितोपत्र बोर्डले २०७२ फागुन ६ गते नै सूचिकृत संगठित संस्थाहरुलाई पत्र लेख्दै सेयर धनीले पाउने नगद लाभांश उनीहरुको बैंक खातामै जम्मा हुने व्यवस्था मिलाउन निर्देशन दियो । तर बोर्डको त्यो निर्देशन अझैसम्म कार्यान्वयन भएको छैन । बोर्डको निर्देशनपछि नेपाल टेलिकम, सोल्टी होटल तथा युनियलिभर जस्ता कम्पनीले नगद लाभांश वितरण गरे [&hellip;]</p>

rewat_bdr_karkiकाठमाडौं, १८ साउन । नेपाल धितोपत्र बोर्डले २०७२ फागुन ६ गते नै सूचिकृत संगठित संस्थाहरुलाई पत्र लेख्दै सेयर धनीले पाउने नगद लाभांश उनीहरुको बैंक खातामै जम्मा हुने व्यवस्था मिलाउन निर्देशन दियो । तर बोर्डको त्यो निर्देशन अझैसम्म कार्यान्वयन भएको छैन । बोर्डको निर्देशनपछि नेपाल टेलिकम, सोल्टी होटल तथा युनियलिभर जस्ता कम्पनीले नगद लाभांश वितरण गरे । तर यी कुनै पनि संस्थाले सेयर धनीको बैंक खातामै नगद लाभांश जम्मा गरेनन् । नेपाल टेलिकमले त लगानी कर्तालाई एकाउण्ट पेई चेक दिएको थियो ।

बोर्डले निर्देशन दिएको पाँच महिनापछि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । अब प्रश्न उठ्छ, लक्ष्मी भ्याल्यु फण्ड १ का लगानी कर्ताले आफ्नै बैंक खातामा नगद लाभांश पाउँछन वा पाउँदैनन् ?

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले भने‘नगद लाभांश बैंक खातामै उपलब्ध गराउनु पर्छ भन्ने निर्देशन बाध्यकारी होइन, सक्दा लगानी कर्ताको खातामै उपलब्ध गराउनु भन्ने मात्रै हो ।’बोर्डले माघ १ गतेदेखि नै डिम्याट खाता अनिवार्य गरेको थियो भने फागुन ६ गते सूचिकृत कम्पनीहरुलाई पत्र लेखेर नगद लाभांश समेत लगानी कर्ताको बैंक खातामै जम्मा गराउन भनेको थियो ।

asebon

बोर्डको निर्देशन बाध्यकारी नभएपनि निर्देशन दिएको पाँच महिना लाग्दा समेत कुनै पनि सूचिकृत संस्थाले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा नगर्नुलाई बोर्डको कमजोरी नै मान्नु पर्छ । ‘सबै पुर्वाधार तयार भैसकेपछि सेयरधनीको खातामै नगद लाभांश जाने व्यवस्था बाध्यकारी गर्छाै, अहिलेका लागि ऐच्छिक व्यवस्था गरेका हौं ।’ बोर्डका प्रवक्ता गिरिले भने ।

लक्ष्मी क्यापिटल मार्केटले लक्ष्मी भ्याल्यु फण्ड १ का लगानी कर्तालाई २५ प्रतिशत नगद लाभांशको चेक दिँदैछ । ‘हामीले दिने २५ प्रतिशत नगद लाभांश सेयरधनीलाई चेकका रुपमा दिन्छौं’, लक्ष्मी क्यापिटलले जानकारी दियो ।
लक्ष्मी क्यापिटलको प्रति कित्ता १० रुपैंयाँ मुल्यका ५ करोड कित्ता लक्ष्मी भ्यालु फण्ड १ नेप्सेमा सूचिकृत छ ।

Share News