काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सहायक कम्पनीले ल्याउने भएको छ । इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभामा कम्पनीको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको हो ।
त्यस्तै, सभाले सरकारको कोरोना कोषमा जम्मा गरेको रकमको अनुमोदन गरेको छ । इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभाले सरकारको कोरोना कोषमा जम्मा गरेको ७ लाख ५० हजार रुपैयाँ खर्चको अनुमोदन गरेको हो ।
इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा माघ २७ गते कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।
त्यस्तै, सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गरेको छ । र, स्वतन्त्र संचालक रविराज भट्टराईको नियुक्ति समेत अनुमोदन गरेको छ ।