आइएमई जनरलले फागुन २२ गतेदेखि हकप्रद जारी गर्ने, कहिलेसम्मका सेयरधनीले पाउँछन् ?

<p>काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आगामी फागुन २२ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले ४० प्रतिशत अर्थात हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख [&hellip;]</p>

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आगामी फागुन २२ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले ४० प्रतिशत अर्थात हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्न लागेको हो । उक्त प्रयोजनको लागि इन्स्योरेन्सले फागुन १ गते बुक क्लोज गरेको थियो । यससँगै माघ २७ गतेसम्म कायम इन्स्योरेन्सका सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने छन् ।

इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ छ । ४० प्रतिशत हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने छ ।

Share News