नेप्सेले २५ प्रतिशत आईपीओ निकाल्न छलफल चलायो

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २५ प्रतिशत साधारण सेयर (आईपीओ) निष्काशन गर्ने छलफल सुरु गरेको छ । नेप्सेले सर्वसाधारणका लागि २५ प्रतिशत सेयर निष्कासनका लागि सरोकारवालासँग छलफल चलाएको हो । मंगलबार सेयर लगानीकर्ता, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा मर्चेट बैंकर्ससँग धितोपत्र बजार व्यवस्थापन सम्बन्धि सुझाव संकलन [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २५ प्रतिशत साधारण सेयर (आईपीओ) निष्काशन गर्ने छलफल सुरु गरेको छ । नेप्सेले सर्वसाधारणका लागि २५ प्रतिशत सेयर निष्कासनका लागि सरोकारवालासँग छलफल चलाएको हो ।

मंगलबार सेयर लगानीकर्ता, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा मर्चेट बैंकर्ससँग धितोपत्र बजार व्यवस्थापन सम्बन्धि सुझाव संकलन कार्यक्रममा छलफल गर्दै नेप्सेले सर्वसाधारणका लागि २५ प्रतिशत साधारण सेयर निश्कासनको विषयमा छलफल गरेको हो ।

सेयर स्वामित्व संरचनालाई परिवर्तनका लागि नेप्सेले २५ प्रतिशत सर्वसाधारणका लागि छुट्याउने योजनाका साथ अगाडि बढेको हो । सेयर निश्कासन कुन तरिकाबाट गर्ने, कति रुपैयाँ मूल्य तोक्ने लगायत विषयमा भने नेप्सेले सरोकारवालाको सुझाव लिइरहेको छ ।

हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चयकोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत र अन्य ०.६० प्रतिशत सेयर स्वामित्व छ ।

सेयर निश्कासन गरेर पूँजी वृद्धि गर्ने नेप्सेको योजना छ । यस्तै नेप्सेले विदेशी रणनीतिक साझेदार भित्र्याउने याेजना गर्नुको साथै विदेशी साझेदारलाई १५ प्रतिशत सेयर दिने भन्ने प्रस्तावमा पनि छलफल चलाएको छ ।

Share News