काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले ई–कमर्श साईट बजेट पसल डट कम छुट पाउने भएका छन् । बैंकले ई–कमर्श साईट बजेट पसल डट कमसँग सामान खरिदमा ५ प्रतिशत छुटको लागि सम्झौता गरेको छ ।
सम्झौता अनुसार यस बैंकका ग्राहकले बजेट पसल डट कमको अनलाईनबाट ३ हजारभन्दा माथिका दैनिक उपभोग्य तथा ईलेक्ट्रोनिक्स सामान खरिद गरी यस बैंकको मोबाईल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्नुहुँदा तत्काल ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाईल बैकिङ, ईन्टरनेट बैकिङ, क्यू।आर। कोड, अनलाईन खाता खोल्ने, स्मार्ट टेलर लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।