सगरमाथा इन्स्योरेन्सले २० प्रतिशत बाेनस सेयर दिने

<p>काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले  सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । फागुन १२ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय [&hellip;]</p>

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले  सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । फागुन १२ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ । कम्पनीले अघिल्ला वर्षमा भन्दा यस पटक बढी बाेनस दिन लागेकाे हाे । बीमा समितिले नगद लाभांश वितरणमा सबै कम्पनीलाइ राेकेपछि बीमा कम्पनीहरूले यस वर्ष बाेनस सेयर मात्र वितरण गर्ने भएका छन् ।

Share News