काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना ‘सूर्या सुरक्षा कवज’ सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालयमा विधिवत उद्घाटन गरी फागुन १६ गतेदेखि लागु हुने गरी सूर्या लाइफले उक्त बीमा योजना सार्वजनिक गरेको हो ।
यस बीमा योजनामा १८ वर्षको उमेर समुहले १ करोडको बीमाङ्कमा वार्षिक १४ हजार ५५० रुपैयाँ वा मासिक १२ सयमा नै जीवनको रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ ।
१८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस भन्ने अवधारणलाई आत्मसाथ गरी सम्भवत नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमाशुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याईएको कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार सूर्या सूरक्षा कवज न्यूनतम १ लाख देखी आय श्रोतको आधारमा जति पनि गर्न सकिनेछ । जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरुसंग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिनेछ ।
१ देखि ३० वर्षसम्म बीमा अवधि भएको, यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वा बार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमाशुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।