अर्थमन्त्रीले भनेः सरकारको प्राथमिकता पुँजीबजार, यसमा राजनीति नगरौँ

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको मुख्य प्राथमिकतामा नेपालको पुँजीबजार रहेको बताएका छन् । बुधबार मन्त्रालयमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर पत्रकार सम्मेलन गर्दै उनले सरकारको मुख्य प्राथमिकतामा पुँजीबजार रहेको भन्दै अनावश्यक राजनीति नगर्न आग्रह गरेका हुन । उनले विभिन्न अध्ययन एवंम रिपोर्टमा नेपालको सेयर बजारमा सेटिङमा कारोबार हुने गरेको भन्दै [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको मुख्य प्राथमिकतामा नेपालको पुँजीबजार रहेको बताएका छन् ।

बुधबार मन्त्रालयमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर पत्रकार सम्मेलन गर्दै उनले सरकारको मुख्य प्राथमिकतामा पुँजीबजार रहेको भन्दै अनावश्यक राजनीति नगर्न आग्रह गरेका हुन ।

उनले विभिन्न अध्ययन एवंम रिपोर्टमा नेपालको सेयर बजारमा सेटिङमा कारोबार हुने गरेको भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिए । ‘सेयर बजारमा धेरै लगानीकर्ताको लगानी छ, यहाँ राजनीति हुनुहुँदैन, हामी पुँजीबजार विकास गर्न चाहन्छौँ’, उनले भने ।

यस्तै, उनले राजनीतिक आस्थाका आधारमा कारोबारमा घटबढ हुने काम नगर्न र लगानीकर्ताको हितका लागि पूँजीबजारकाे विकास गर्न आग्रह गरेका छन् ।

Share News