निजी सवारीधनीका लागि आइएमई जनरलको आकर्षक स्कीम

<p>काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले निजी सवारीधनीको लागि आकर्षक स्कीम ल्याएको छ । इन्स्योरेन्स कम्पनीले सोमबारबाट निजी सवारीधनीको लागि आइजिआइ इजी क्यासलेस क्लेम सेटलमेन्ट स्कीम ल्याएको हो । यस स्कीम अन्तर्गत अब यस इन्स्योरेन्स कम्पनीबाट चारपाङ्ग्रे सवारीसाधनहरुको बीमा गरेकाहरुले कुनै पनि किसिमको दुर्घटनामा परी सवारीमा क्षति भएमा दुर्घटना स्थलबारे कम्पनीलाई जानकारी गराए सम्पूर्ण बाँकी काम कम्पनीले गर्नेछ । [&hellip;]</p>

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले निजी सवारीधनीको लागि आकर्षक स्कीम ल्याएको छ । इन्स्योरेन्स कम्पनीले सोमबारबाट निजी सवारीधनीको लागि आइजिआइ इजी क्यासलेस क्लेम सेटलमेन्ट स्कीम ल्याएको हो ।

यस स्कीम अन्तर्गत अब यस इन्स्योरेन्स कम्पनीबाट चारपाङ्ग्रे सवारीसाधनहरुको बीमा गरेकाहरुले कुनै पनि किसिमको दुर्घटनामा परी सवारीमा क्षति भएमा दुर्घटना स्थलबारे कम्पनीलाई जानकारी गराए सम्पूर्ण बाँकी काम कम्पनीले गर्नेछ ।

कम्पनीले सवारीसाधनको जानकारी पाएको २४ घण्टाभित्र सवारीलाई दुर्घटनास्थलबाट आफै लगेर मर्मत गरी पुन: सवारीधनीको घरमा नै पुर्याइदिनेछ । यसको लागि आइएमई जनरलले काठमाडौं गुहेश्वरी मार्गस्थित स्पार्क अटोकेयरसँग सहकार्य गरेको छ ।

स्पार्क अटोकेयरले दुर्घटना भएको सवारीको सम्पुर्ण मर्मत गरी सवारीधनीको घरमा नै पुर्याइदिनेछ । यसको अर्थ सवारी धनीले कम्पनीमा गएर कुनै पनि प्रकारको क्लेम सेटलमेन्ट गर्नुपर्ने झन्झट बेहोर्नुपर्ने छैन । कम्पनीले सवारी मर्मतमा लाग्ने सम्पूर्ण खर्च सिधै स्पार्क अटोकेयरलाई भुक्तानी गर्नेछ ।

यसका साथै कम्पनीले सोमबार नै अर्को स्कीम आइजिआई हेल्थपल्स बीमालेख पनि सुरु गरेको छ । आइजिआई हेल्थपल्स बीमालेखमा दुर्घटना, स्वास्थ्य तथा घातक रोगलाई लागि एउटै छातामा समेटिएको छ । यस बीमालेखा अन्तर्गत परिवारका सम्पुर्ण सदस्यहरुको एउटै बीमालेखा अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ ।

दुर्घटना बीमा

यस बीमालेख अन्तर्गत बीमलेखको अवधिभर कुनै पनि समयमा बीमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारिरीक अंगभंग हुन गएमा बीमालेखमा उल्लेखित ५ लाख देखि १५ लाख सीमा सम्मको सुविधाहरु प्रदान गरिनेछ ।

औषधोपचार बीमा

यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारिरीक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारको लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च १ लाख देखि ५ लाखसम्म नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ ।

घातक रोग

यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही बीमा अवधि भित्र बीमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतिक्षा अवधि पश्चात बीमित सदस्यहरुलाई कुनै घातक रोगहरु लागेको चिकित्सकबाट प्रमाणित भएमा बीमाङ्क रकम ५ लाख तुरुन्त भुक्तानी विज्ञप्तीमा उल्लेख छ ।

यस्ता छन् सर्त:

– परिवारको हकमा श्रीमान श्रीमती र सन्तान समेटिने छ । सन्तानको उमेर २ बर्ष देखी २४ वर्ष सम्म, अबिबाहित तथा रोजगारी नभएको हुनुपर्ने ।

– ५० बर्ष भन्दा माथिका ब्यक्तिको घातक रोग बिरुद्धको रक्षावरणका लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेश गर्नुपर्नेछ ।

– बीमालेख जारी गरिएको मितिले औषधोउपचार बीमा अन्तर्गत ३० दिनको, घातक रोगको लागी ९० दिनको र म्याटरनिटीको लागि ९ महिनाको वेटिङ्ग पिरियड लाग्ने छ ।

– औषधोपचार बीमालेख अन्तगर्र्त नेपाल र चिकित्सकको परामर्शमा भारतमा उपचार गर्न सकिने छ ।

– यस बीमालेख अन्तर्गत हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेशपूर्ण कार्य, आतंकवाद तथा विध्वंसात्मक कार्य जस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना पनि समाबेश गरिएको छ ।

– यस बीमालेख अन्तर्गत दावी भुक्तानी गर्दा नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ ।

Share News