सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घट्यो

<p>सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ११ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० छ । यसको मूल्य मङ्गलबार प्रतितोला ९९ हजार [&hellip;]</p>

सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ११ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० छ । यसको मूल्य मङ्गलबार प्रतितोला ९९ हजार ८०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर एक हजार ३७० मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ । रासस

Share News