पुँजी वृद्धिले बीमामा उछाल : बढी कारोबार गर्नेमा अधिकांश बीमा कम्पनी, ४ वटामा लाग्यो सर्किट

<p>काठमाडौं । आइतबारको सेयर बजारमा बीमा कम्पनीमा उछाल देखिएको छ । कम्पनीहरुको पुँजी वृद्धिको निर्णयसँगै बजारमा निर्जीवन र जीवन बीमा दुबै कम्पनीमा चमक देखिएको हो । यससँगै कारोबार खुलेको केही समयैमा अधिकांश कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ । ११ बजेर १६ मिनेट जाँदासम्म ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भइसकेको छ । [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजारमा बीमा कम्पनीमा उछाल देखिएको छ । कम्पनीहरुको पुँजी वृद्धिको निर्णयसँगै बजारमा निर्जीवन र जीवन बीमा दुबै कम्पनीमा चमक देखिएको हो ।

यससँगै कारोबार खुलेको केही समयैमा अधिकांश कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ । ११ बजेर १६ मिनेट जाँदासम्म ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भइसकेको छ । जसमध्ये सानिमा जनरल इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य १०/१० प्रतिशतले बढेका छन् । त्यस्तै, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ९.८७ र ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता ७६८ र ६५८ रुपैयाँमा कारोबार भइरहेको छ ।

बढी कारोबार गर्नेको अग्रस्थानमा सबै बीमा कम्पनीहरु रहेका छन् । जसमध्ये गुराँस लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार भइरहेको छ । कारोबार खुला भएको ३० मिनेट नबित्दै कम्पनीको ६ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।

Share News