काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले आगामी बैशाख १० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । संस्थाले आफ्नो १३औं वार्षिक साधारण सभा सो दिन दिउँसो ३ गते कम्पनीको प्रधान कार्यालय धुलिखेलमा जुम मार्फत गर्न लागेको हो ।
उक्त सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र कर प्रयोजनको लागिग १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । जसको लागि आगामी २०७८ चैत २३ गतेदेखि २०७९ बैशाख १० गतेसम्म संस्थाले बुक क्लोज गर्ने निर्णय गरेको छ ।
हाल संस्थाको चुक्ता पुँजी २५ करोड ४९ लाख रुपैयाँ छ । १९ प्रतिशत बोनस पारित पश्चात संस्थाको चुक्ता पुँजी ३० करोड ३३ लाख रुपैयाँ पुग्ने छ ।