काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.५४ अंकले बढेर २७८८ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार ८७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
शुक्रबार ३५१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडिको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै रिलाइन्स स्पििनिङको २४ करोड ९२ लाख, नेसनल हाइड्रोको २४ करोड ४७ लाख, सोलु हाइड्रोको २३ करोड र आँखु खोलाको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
शुक्रबारको कारोबारमा ३ कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेका छन् । पाल्पा सिमेन्ट, शिखर पावर र माई खोला हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेका छन् ।