
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला १३ सयले घटेको सुनको मूल्य आज पनि घटेकव छ । आज तोलामा ४०० रुपैयाँ घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार १० रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
रुस र युक्रेनबीचको बढ्दो तनाव र युद्धका कारण लगातार बढेको सुनको मूल्य यो हप्ता घट्न थालेको हो । रुस र युक्रेनबीच भइरहेको वार्ताको प्रभावले सुन घटेको हुनसक्ने बताइएको छ ।