
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदी भाउ भने घटेको छ । छापावाल सुन आज प्रतितोला १०० रूपैयाँले बढेर ९८ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि ११०० रूपैयाँ बढेर ९८ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।