
नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर ९९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर शुक्रबार प्रतितोला एक हजार ३६० रुपैयाँ कायम भएको छ ।