कस्पेटको भ्वाइस कल गर्न मिल्ने स्मार्ट वाचहरू नेपाली बजारमा

<p>काठमाडौं । कस्पेटको आधिकारिक बिक्रेता कम्पनी क्रोमा टेक्नोलोजी ले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरू लन्च गरेको छ । कम्पनीले नेपाली बजारमा भ्वाइस कल गर्न सकिने स्मार्टवाच ल्याएको हो । क्रोमाले कस्पेट ट्यांक एम-१ र कस्पेट म्याजिक थ्रीएस गरी दुई मोडलका वाचहरू बजारमा ल्याएको हो । यी दुबै स्मार्टवाचहरु युरोपेली मापदण्ड र स्तरअनुसार उत्पादन गरिएको [&hellip;]</p>

काठमाडौं । कस्पेटको आधिकारिक बिक्रेता कम्पनी क्रोमा टेक्नोलोजी ले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरू लन्च गरेको छ ।

कम्पनीले नेपाली बजारमा भ्वाइस कल गर्न सकिने स्मार्टवाच ल्याएको हो । क्रोमाले कस्पेट ट्यांक एम-१ र कस्पेट म्याजिक थ्रीएस गरी दुई मोडलका वाचहरू बजारमा ल्याएको हो । यी दुबै स्मार्टवाचहरु युरोपेली मापदण्ड र स्तरअनुसार उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

बजारमा कस्पेट म्याजिक थ्रीएसको बजार मूल्य ७ हजार ४९९ रुपैयाँ तथा कस्पेट ट्यांक एम-१ को मूल्य ७ हजार १९९ रुपैयाँ तोकेको छ ।

Share News