मलेसियामाथि नेपालको सानदार जित, दीपेन्द्रसिंह ऐरीको किर्तिमानी

<p>काठमाडाैं । मलेसियामाथि नेपालकाे सानदार जित भएकाे छ ।  दीपेन्द्र सिंह ऐरीले शानदार शतक प्रहार गरेपछि नेपालले त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको हाे । कीर्तिपुरस्थित टीयू मैदानमा दीपेन्द्रले एक सातामै दोस्रो शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले २२३ रन बनाएको थियो । नेपालले दिएको [&hellip;]</p>

काठमाडाैं । मलेसियामाथि नेपालकाे सानदार जित भएकाे छ ।  दीपेन्द्र सिंह ऐरीले शानदार शतक प्रहार गरेपछि नेपालले त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको हाे ।

कीर्तिपुरस्थित टीयू मैदानमा दीपेन्द्रले एक सातामै दोस्रो शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले २२३ रन बनाएको थियो । नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो ।

नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृंखलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेको नेपाल अपराजित रहँदै शीर्षस्थानमा रह्यो ।

मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दोस्रो स्थानमा रहेर फाईनल पुग्यो । अब फाईनल खेल सोमबार हुनेछ ।

Share News